महानगरपालिकाको भागवण्डा लगभग टुंगोमा पुर्याएका सत्तारुढ गठबन्धनका चार दलले ११ उपमहानगरपालिकाको छिनोफानो हिजो बसेको सत्ता गठबन्धनको बैठकबाटै निचोडमा पुगेको अवस्था छ ।
मंगलबार साँझ बसेको गठबन्धनमा रहेका दलको शीर्ष नेताको बैठकमा उपमहानगरपालिकाको भागवण्डा लगभग मिलिसके पनि जनकपुरमा नेपाली कांग्रेस र जनता समाजवादीले दावी नछोडेपछि कुरा मिल्न सकेको छैन ।
यसअघि कांग्रेसलाई ६, माओवादी केन्द्रलाई ३ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक–एक वटाका दरले उपमहानगरपालिका भागवण्डा गर्ने भनिए पनि पोखरा महानगरपालिका छोडेबापत कांग्रेसले सातवटा उपमहानगर पाउने निश्चित भएको थियो ।
तर बैठकमा कांग्रेस नेताहरुले मधेशका मुख्य सहर वीरगञ्ज र जनकपुरमध्ये एउटा आफूले पाउनुपर्ने बताएपछि फेरि सहमति भाँडिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार जनकपुरका बारेमा देखिएको विवाद र उपमहानरपालिकाका उपमेयरको टुंगो मंगलबारकै छलफलले लगाउनेछ । एक नेताका अनुसार आगामी बस्ने गठबन्धन बैठकबाट सबै ठाउँको तालमेल टुङ्गो लाग्ने बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।