शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

समाजवादीले चुनाव जिते ५ हजार लिटर पानी र २०० युनिट बिजुली नि:शुल्क !


  • मंगलबार, बैशाख ६ २०७९
11.5K
SHARES

फाइल तस्विर

एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा जित हासिल गरे ५ हजार लिटर पानी र २०० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

मंगलबार घोषणापत्र सार्वजनिक गर्दै माधव नेपाल नेतृत्वको सो पार्टीले हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक ५ हजार लिटर खानेपानी निशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेको हो ।

यस्तै खानेपानीको सुविधा नपुगेका स्थानमा अनिवार्य रुपमा पुर्याइने पनि घोषणापत्रमा प्रतिबद्धता गरिएको छ। यसैगरी प्रत्येक घरपरिवारलाई २०० युनिट बिजुली निःशुल्क रुपमा दिइने पनि घोषणा गरिएको छ । स्थानीय सरकारमार्फत हरेक घर परिवारलाई वार्षिक रुपमा २०० युनिटसम्म विद्युत महसुलमा छुट दिइने समाजवादीको भनाइ छ । यस्तै विद्युत सेवा नपुगेका हरेक घरमा बिजुली बालिने पनि समाजवादीको प्रतिबद्धता छ ।

त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔंलगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा