शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

हामी अपमान सहन जन्मेका होइनौ : माधव नेपाल


  • मंगलबार, बैशाख ६ २०७९
9K
SHARES

तस्विरः फाइल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले गठबन्धनका नाममा आफ्नो पार्टीले अपमान नसहने बताएका छन् । मंगलबार काठमाडौमा भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पाँच दलभित्र तालमेल गरेर चुनावमा जाने सहमति भएको र सोही अनुसार उम्मेदवार तय गर्ने काम भइरहेको बताए ।

अध्यक्ष नेपालले पाँच दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने सहमति भएकाले जहाँ-जहाँ हुन्छ त्याहाँ तालमेल गरेर अघि बढ्ने र तालमेल हुन नसकेका स्थानमा मित्रतापूर्ण प्रतिस्पर्धा हुने बताए । ‘पाँच दलभित्रै सहमति गरेर जाने सैद्धान्तिक सहमति भएको छ र त्यही अनुसारको गृहकार्य पनि भइरहेको छ’, अध्यक्ष नेपालले भने, ‘सहमति नभए मित्रतापूर्ण प्रतिस्पर्धामा जाने भनेर टुंगो लगाएका छौ । कतिपय जिल्लामा सहमति भएको छ । कतिपय ठाउँमा हुने क्रम जारी छ ।

उनले कतिपय स्थानमा आफ्नो पार्टीलाई अपमान गर्न खोजिएको भन्दै त्यस्तो अपमान सहेर तालमेल नगर्ने पनि बताए । नेता नेपालले आफ्नो पार्टी अपमान सहन नजन्मेको समेत दावी गरे । ‘हामी अपमान सहनलाई जन्मेका होइनौ, अपमानविरुद्धको विद्रोहका लागि जन्मेका हौ । हामीलाई आफ्नो शक्ति र सामर्थ्यमा विश्वास छ’, अध्यक्ष नेपालले भने, ‘तर हामीले आफ्नो शक्तिको अति मुल्यांकन पनि गर्नुहुँदैन ।’ उनले पार्टी गठनको सात महिनाको अवधिमा वडा वडामा फैलिएको र पार्टी प्रवेश गर्नेको लहर बढेबाटै जनताको विश्वास बढेको पुष्टि भएको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा