शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सबै कांग्रेसलाई दिन गठबन्धन बनेको होइन, गठबन्धनमा गिभ एण्ड टेक हुन्छ : देउवा


  • मंगलबार, बैशाख ६ २०७९
10.5K
SHARES

फाइल तस्विर

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताएका छन् । चुनावी तालमेलका लागि सत्तारुढ गठबन्धनमा सकस भइरहँदा देउवाले भने गठबन्धनलाई जोगाउनुपर्ने बताएका छन् ।

नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धन सत्ताका लागि नभई व्यवस्थाका लागि भएको बताएका थिए । उनीपछि बोलेका देउवाले भने आफूलाई प्रधानमन्त्री बनाइदेऊ भनेर आफूले पौडेललाई नभनेको बताए ।

तत्कालीन प्रधानमन्त्रीलाई हटाउनुपर्‍यो भनेर सबैले भनेपछि आफू प्रधानमन्त्री भएको भन्दै देउवाले भने, ‘गठबन्धनले पोखरामा कांग्रेसकै मुख्यमन्त्री छ । धेरै ठाउँमा मन्त्रीमा भाग पाएका छौं । सुदूरपश्चिममा पनि सरकारमा छौं, कर्णालीमा मुख्यमन्त्री छ । अरु ठाउँमा हुने सम्भावना छ । के बिगारें मैले ? मैले त कांग्रेसलाई सरकारमा ल्याउनु नै गल्ती हो भने भने हुन्छ ।’ आफ्नो सरकारले पनि राम्रो काम गरिरहेको भन्दै उनले पौडेलले धन्यवाद दिनुपर्ने बताए ।

देउवाले अहिले गठबन्धन टुटाए दलहरु फेरि एमालेसँग मिल्न जाने तर्क गरेका छन् । ‘गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ बेसरी,’ उनले भनेका छन्, ‘गठबन्धन टुटेपछि त्यही हालत हुने हो, अस्ती जस्तो थियो । प्रचण्ड र ओली मिलेपछि के हालत भएको थियो हाम्रो ? भोलि पनि त्यही अवस्था नआओस् ।’

नयाँ संविधानअनुसार एउटा पार्टीको बहुमत आउने सम्भावना नभएकाले पनि गठबन्धन जोगाउनुपर्ने उनले बताए । ‘गठबन्धन भनेको गिभ एण्ड टेक हुन्छ । तपाईंलाई सबै कुरा दिन गठबन्धन बनेको होइन नि !


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा