शनिबार, साउन ९ २०८३
ताजा अपडेट

घरमा बालबालिका छन् ? आजै यसो गर्नुहोस् !


  • मंगलबार, बैशाख ६ २०७९
9.7K
SHARES

फाइल तस्विर

काठमाडौं । सरकारले आज मंगलबार र भोलि बुधबार देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ । ७ सय ५३ वटा पालिकामा वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखा पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जानकारी दिनुभयो ।

देशभरबाट २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाउने योजना रहेको थापाले बताउनुभयो ।भिटामिन ए कार्यक्रमका लागि देशभर करिब ५२,००० जना महिला स्वास्थ्य स्वयम् सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

थापाका अनुसार भिटामिन ए क्याप्सुल ४० लाख क्याप्सुल र जुकाको औषधि अल्वेन्डाजोल ३५ लाख ट्याब्लेट सम्बन्धित केन्द्रमा पु¥याइसकिएको छ । नेपामला भिटामिन ए क्याप्सुल खाने २७ लाख जना र जुकाको औषधि खाने २४ लाख जना छन् ।

त्यसका लागि करिव ६ करोड ७१ लाख २५ हजार खर्च हुने अनुमान गरिएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउँदै आइरहेको छ ।

जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुई पटक बालबालिकालाई खुवाउने गरिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा