आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

पोखरा महानगरमा प्रचण्डकी बुहारी उम्मेदवारमा सिफारिस !


  • सोमबार, बैशाख ५ २०७९
11.9K
SHARES

फाइल तस्विर

पोखरा — नेकपा (माओवादी) केन्द्रको पोखरा महानगर कमिटीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी सिर्जना त्रिपाठीलाई उपप्रमुखको उम्मेदवारमा सिफारिस गरेको छ ।

सोमबार सम्पन्न पूर्ण बैठकले पोखराको प्रमुख र उपप्रमुखमा ३–३ जनाको नाम सिफारिस गर्दा त्रिपाठीसमेत परेकी हुन् । माओवादीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य उनी पोखरामा बसेर पार्टी राजनीतिमा सक्रिय छिन् । पोखरा–२५ हेमजा माइती भएकी उनी प्रकाश दाहालको निधन भएयता कास्कीको राजनीतिमा सक्रिय भएकी हुन् ।

पोखराको प्रमुखका लागि बखानसिंह गुरुङ, विश्वप्रकाश लामिछाने र सीता खड्काको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ । महानगर प्रमुखमा प्रस्तावित गुरुङ पार्टीको कास्की संयोजक हुन् । लामिछाने प्रदेश कमिटीका सदस्य तथा महानगरका निर्वतमान अध्यक्ष हुन् । ०७४ को चुनावमा माओवादी केन्द्रले पोखराको प्रमुखमा लामिछानेलाई अघि सारे पनि अन्तिममा भरतपुरमा रेणु दाहाललाई छाड्दा उनी पछि हटेका थिए ।

उपप्रमुखका लागि त्रिपाठीसहित गोमा ढकाल र सूर्यप्रकास तिवारीको नाम सिफारिस गरिएको महानगर कमिटीका उपाध्यक्ष भानुभक्त अधिकारीले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा