५ बैशाख, काठमाडाैँ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक व्यक्ति पक्राउ परेका छन्। अवैध सुन, मोबाइल र ल्यापटपसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा कैलालीको कैलारी गाउँपालिका–८ का भागदेव कठरिया रहेका छन्।
जजिरा एयरको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आगमन भएका कठरियाको गतिविधि संकास्पद देखिएपछि प्रहरीले विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइ चेकजाँच गरेको थियो।
लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्था उनलाई समातिएकाे जनाईएकाे छ । उनको साथबाट ४० ग्राम सुन, तीन थान आइफोन र एक थान ल्यापटप फेला परेको प्रहरीले जनाएको छ। जसको मूल्य अनुमानित १० लाख चार हजार ८ सय रुपैयाँ रहेको छ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।