काठमाडौं । तालमेलकै कारण सत्तारुढ गठबन्धन नफुट्ने भएको छ । अन्ततः गठबन्धनमा तालेमेलका बिषयमा मोटामोटी सहमती भएसकेको हो । महानगर र उपमहानगरको भागबण्डा सहमतिनजिक पुगेको छ । बालुवाटारमा जारी शीर्ष नेतृत्वसहित गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा तालमेलका लागि तयार पारिएको सहमतिको ड्राफ्टमाथि छलफल भइरहेको एक नेताले जानकारी दिए ।
हिजो (आइतबार) राति कार्यदलले तयार पारेको ड्राफ्ट अहिले बिहान बालुवाटारको शीर्ष नेताको बैठकमा पेस गरिएको थियो । पोखरा महानगरको प्रमुख माधव नेपाल नेतृत्वको एसले पाएपछि एमालेलाई चुनौती थपिएको हो ।
जसअनुसार घोराहीका लागि माओवादीको दाबी भने जारी छ । इटहरीमा कांग्रेसले समाजवादीलाई छोड्न लचिलो भएको समाजवादीका एक नेताले नेपाल प्रेसलाई जानकारी दिए । राप्रपासँग तालमेल भयो भने उसलाई नेपालगञ्ज दिने कुरा पनि गठबन्धनबीचमा चलेको छ ।
गठबन्धनमा साझा चुनाव चिन्ह लिएर लड्ने सहमति पनि जुटेको छ । एक नेताका अनुसार जुन पालिकामा जसको प्रमुखमा उम्मेदवारी हुने हो, त्यही दलको चुनाव चिह्नमा पाँचै दल सहभागी हुने निर्णय भएको छ । नेताहरू सहमतिमा पुगेअनुसार गठबन्धनबीचको ड्राफ्ट यस्तो छः

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।