आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

काठमाडौंबाट समातिए २६ वर्षीय लामा, यस्तो रहेछ अवैध धन्दा !


  • सोमबार, बैशाख ५ २०७९
9.3K
SHARES

५ वैशाख, काठमाडौं। प्रहरीले नियन्त्रित औषधि ट्रामाडोल र ट्रामाडेक्ससहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा-उपमहानगरपालिका १६ घर भई नरेफाँट बस्‍ने २६ वर्षीय कविर लामा रहेका छन् ।

उपत्‍यकाका विभिन्‍न स्थानहरुमा लुकाई छिपाइ विक्रि भइरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको नरेफाँटबाट पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ५० एमजीको ४२ हजार ५०० थान ट्रामाडोल हाइड्रोक्लोराइड क्‍यापसुल र ५० एमजीकै १० हजार थान ट्रामाडेक्स हाइड्रोक्लोराइड क्‍याप्सुल बरामद गरेको छ ।

पक्राउ परेका उनलाई थप अनुसन्धान र आवश्‍यक कारबाहीका लागि औषधि व्‍यवस्था विभाग, बिजुलीबजार नयाँ बानेश्‍वर पठाइएको छ ।

याे पनि पढ्नुुहाेस्:

मेयरको टिकट नपाएपछि केन्द्रीय सदस्य जीवन गौतमले छाडे माओवादी

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य जीवन गौतमले पार्टी छाडेका छन्। उनी माओवादीका दाङ जिल्ला इन्चार्ज समेत थिए । आज (सोमबार) दाङमा पत्रकार सम्मेलन गर्दै माओवादीको साधारण सदस्यसमेत नरहनेगरि पार्टी त्यागेको बताएका हुन् ।

उनी दाङको घोराही उपमहानगरपालिकामा मेयर आकांक्षी थिए। पार्टीबाट मेयरमा सिफारिसमा नपरेपछि उनले पार्टी नै छाडेका छन्। उनी नेता नारायणकाजी श्रेष्ठनिकट हुन्।

घोराहीमा माओवादीबाट जिल्ला सहइन्चार्ज हेमराज शर्मालाई मेयर उठाउने तयारी छ। शर्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता कृष्णबहादुर महरानिकट मानिन्छन्।

‘मलाई मेयरमा टिकट नदिने भए। माओवादीले गैरकम्युनिष्ट चरित्र देखाइरहेको छ,’ उनले भने, ‘एमसिसी पारित हुँदा पनि म सन्तुष्ट थिइनँ। मैले पार्टीको साधारण सदस्य पनि त्यागेको छु।’ उनले अब अर्को कुनै पार्टी प्रवेश गर्ने वा नगर्ने भन्नेबारे खुलाउन चाहेनन्।

मेयर पद नपाएकै कारण उनले माओवादी केन्द्र त्यागेका उनले अन्य कुनै पार्टीमा प्रवेश गर्ने नगर्ने खुलाएका छैनन् तर निकट स्रोतका अनुसार अन्य कुनै पार्टीमा प्रवेश गर्ने मनसायमा उनी भएको बुझिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा