शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, माओवादी-समाजवादीको बार्गेनिङ भद्रगोल बन्दै !


  • सोमबार, बैशाख ५ २०७९
7.1K
SHARES

फाइल तस्विर

स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकामा गठबन्धन दलबिचमा भागबन्डा मिलाउने भनिएको गठबन्धन बैठक विना निष्कर्ष टुङ्गिएको हो ।

निकट स्रोतका अनुसार माओवादी र समाजवादीले नेपाली काँग्रेस सँग जतिसक्दो धेरै स्थानीय तहमा मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायतका पदमा बार्गेनिङ गरिरहेको र काँग्रेसले सजिलै समर्थन नगरी रहेको अस्थानमा गठबन्धन बैठक निष्कर्ष विहीन भएको बुझिएको छ।

पूर्वनिर्धारित पत्रकार सम्मेलनमा सहभागी हुन प्रचण्ड गठबन्धन बैठकबाट बाहिरिएका उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । प्रचण्ड बाहिरिएपछि अहिलेका लागि बैठक स्थगित गरिएको छ । प्रचण्डको पत्रकार सम्मेलन सकिएपछि फेरि गठबन्धन बैठक बस्ने उनकाे भनाइ छ ।

बालुवाटारमा बसेको गठबन्धन बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र कार्यदलका अध्यक्ष रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरू सहभागी थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा