शनिबार, साउन ९ २०८३
ताजा अपडेट

विप्लव समूह भन्छ : हाम्रो पार्टीको संलग्नता बिना चुनाव हुन सक्दैन, स्थानीय चुनाव रोक्नुपर्छ !


  • सोमबार, बैशाख ५ २०७९
7.2K
SHARES

वैशाख ३० का लागि तोकिएको स्थानीय चुनावको तयारी निर्वाचन आयोगले अन्तिम चरणमा  पुर्याएको अवस्थामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पार्टीले चुनाव आफूहरूको संलग्नता बिना नहुने त्यसैले अहिले हुन लागेको स्थानीय चुनाव सार्नु पर्ने अडान लिएको छ ।

एक अनलाइन पत्रीकालाई अन्तरवार्ता दिने क्रममा विप्लव नेतृत्वको माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफ्नू पार्टीले चुनावमा भाग लिने निर्णय गरी सकेको अवस्थामा अफु हरुलाई चुनावमा सामेल नगराई स्थानीय चुनाव हुन नसक्ने बताएका छन् ।

स्थानीय चुनाव भनेको देशको एउटा राजनीतिक कार्यक्रम रहेको बताउँदै प्रकाण्डले यो कार्यक्रम तय गर्ने, सुनिश्चित, निर्णय वा घोषणा बेलामा सरकारले हाम्रो पार्टीसँग अनिवार्य रूपमा परामर्श गरेर एउटा समझदारी गर्नुपर्थ्यो। यो सरकार र प्रतिपक्षी दलले गम्भीर त्रुटि गरेको बताउँदै चुनाव सार्नु पर्ने तर्क गरेका छन् ।

नेता प्रकाण्डले भनेका छन् हामी चुनाव प्रयोग गर्ने भनेर आयौ। तर, सरकारले वातावरण बनाएको छैन। हाम्रो कुराकानी चलिरहेको छ। हामीले चुनाव रोक्न सरकार र प्रतिपक्षलाई भनेका छौँ। चुनावको बारे हामीसँग छलफल गर्नुस्। एउटा सहमति कायम गरेर बल्ल चुनाव अगाडि बढाउन भनेका छौँ। भन्दै प्रकाण्डले आफ्नु पार्टीको सहभागिता चुनावमा हुनु पर्ने बताएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा