शनिबार, साउन ९ २०८३
ताजा अपडेट

तालमेल कांग्रेस कार्यकर्ताको भावना होइन : गगन थापा


  • सोमबार, बैशाख ५ २०७९
9.5K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको बताएका छन्।

कांग्रेस क्षेत्र नम्बर ४ प्रदेश ‘क’ क्षेत्रीय कार्यसमितिले सोमबार काठमाडौँमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा थापाले निर्वाचनमा तालमेल गर्न नहुने विषय आफूले पहिलेदेखि नै उठाउँदै आएको र कांग्रेस कार्यकर्ताहरु पनि तालमेलको पक्षमा नरहेको बताएका हुन् ।

उनले आफूले पछिल्ला दिनमा ५० भन्दा बढी जिल्लाका कांग्रेस नेता कार्यकर्तासँग राय सुझाव लिँदा तालमेल गर्न नहुने कुरा आएको जिकिर गरे । थापाले जित्नकै लागि भनेर तालमेल गर्नु बेठीक हुने धारणा राखे । मतदाता र कार्यकर्ताको भावना विपरीत जबरजस्ती गर्न थाले निर्वाचनको परिणाम फरक हुने सक्ने उनको चेतावनी छ ।

त्यस्तै थापाले पार्टी नेतृत्वले सबै नेता, कार्यकर्ता र मतदाताको चाहनाअनुरूप आवश्यक निर्णय लिनुपर्नेमा जोड दिए । नेता थापाले तालमेलको पक्षमा काँग्रेस पहिले देखिनै नरहेको बताएका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा