शनिबार, साउन ९ २०८३
ताजा अपडेट

काठमाडौँबासीलाई आयो अर्को दुःखको खबर ! कति तिर्नु पर्ने हो !


  • सोमबार, बैशाख ५ २०७९
9.3K
SHARES

फाइल तस्विर

५ बैशाख, काठमाडाैँ ।

काठमाडौँ उपत्यका एवं बागमती प्रदेशमा लागु हुने गरी ट्याक्सीको भाडादरमा बृद्धि भएको छ । प्रदेश सरकारले आजबाट लागु हुने गरी ट्याक्सी भाडादर बढाएको हो ।

बागमतीमा १ वैशाखदेखि नै अन्य यातायातका साधनमा बढेको भाडादर लागू भएको थियो। ट्याक्सीमा बढेको भाडादर भने सोमबारदेखि मात्रै लागू भएको हो।

नयाँ भाडादर अनुसार ट्यक्सीमा सुरुवाती कलमा ५० रुपैयाँ, प्रति दुई सय मिटरमा १० रुपैयाँ, जाममा रोकिनु पर्दाको प्रतिक्षा शुल्क प्रति १ मिनेटको १ रुपैयाँ २० पैसा र प्रतिक्षा अधिकतम समय ३० मिनेट कायम गरिएको छ।

अब प्रतिदिन ६० वटा ट्याक्सीको मिटरमा भाडा समायोजन गरिने गुणस्तर तथा नापतौल विभागले जनाएको छ।

याे पनि पढ्नुहाेस्:

बढ्यो सुन र चाँदीको मुल्य

नेपाली बजारमा आज सन र चाँदीकाे मुल्यमा बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ।

तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख २ हजार रुपैयाँ पुगेको छ। सोमबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ।

चाँदी प्रतितोला १४२० रुपैयाँमा कारोबार भइरहेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा