गोरखा । नक्कली सुन देखाइ ठगी गरेको आरोपमा गोरखाबाट तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका–१ का जुर्णं बहादुर गुरुङ, बाराको जितपुर सिमरा उपमहानगरपालिका-९ की जुना तामाङ र सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ का गान्दिप कुमार बस्नेत रहेको प्रहरीले जनाएको छ ।
फलामको टुक्रामा सुनको जस्तो देखिने पहेलो रंग लगाई बाटोमा सुन फेला परेका जस्तो भान पार्ने र फकाई फुलाई महिलाहरुसँग रहेको सुनका गरगहना तथा नगद ठगी गरेको प्रहरीको दाबी छ ।
गोरखा सदरमुकामको घ्याम्पेशाल बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको डिएसपी लिलाराज लामिछानेले बताए । ‘शंकास्पद अवस्थामा उनीहरुलाइ फेला पार्यौ,’ उनले भने, ‘नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनीहरुको साथबाट पहेलो रंग लगाएको सुन जस्तो देखिने धातुको पत्ता फेला पार्यौ ।’
पक्राउ परेका उनीहरुविरुद्ध ठगी कसुर शीर्षकमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।