बलात्कार मुद्दामा अभिनेता पल शाह पक्राउ परेदेखि नै चिन्तित अभिनेत्री पूजा शर्मा आज अदालतमा पीडितले बयान फेरेपछि खुसी ब्यक्त गरेकी छिन्।
पीडित भनिएकी नाबालिगले आइतबार तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा आफूले दबाब र प्रभावमा परेर त्यस्तो आरोप लगाएका तर पलले बलात्कार नगरेको भन्दै बयान फेरेकी हुन्। उनका बुवाले सोही बेहोरोको बकपत्र दिएका छन्।
यो खबरबाट नायिका पूजा शर्मा निकै खुसी भएकी हुन्।
उनले घटना नखुलाई फेसबुकमा अंग्रेजीमा यति मात्र लेखेकी छन्, ‘थ्याङ्क्यु गड (धन्यवाद भगवान्)।’
अभिनेता पल शाहविरुद्ध केही समयअघि बलात्कारको उजुरी पर्दा उनीसँगै अभिनेत्री पुजा शर्मा अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको तयारीमा थियो। पल पक्राउ पर्दा फिल्म प्रदर्शन हुन सुरु भयो।
फिल्मको निर्माता पनि रहेकी अभिनेत्री पुजाले पल पक्राउ भएको विषयलाई आधार मान्दै फिल्मलाई निकै प्रचार पनि गरेकी थिइन् भने विभिन्न युट्युब च्यानल तथा सार्वजनिक स्थानमा अन्तर्वार्ता दिँदै उनी ‘पलविरुद्ध षड्यन्त्र’ भएको भन्दै रोएकी पनि थिइन्।
आइतबार पीडित भनिएकी नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएपछि उनको मुद्दामा ट्वीस्ट आएको छ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।