सत्ता गठबन्धनले सोमबार (भोलि बेलुका)सम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकमा महानगर र उपमहानगर चुनावी तालमेलको टुंगो लगाउने भएको हो ।
देशैभर ६ महानगर र ११ उपमहानगरपालिका छन् । देशैभर ७५३ स्थानीय तहमा पाँच दलीय गठबन्धन हुन नसक्ने भएपछि पहिलो चरणमा महानगर उपमहानगरको टुंगो सोमबार बेलुकासम्म लगाउने सहमति भएको बैठकमा सहभागी एक नेताले बताए ।
सबै स्थानीय तहमा सत्ता गठबन्धनको चुनावी तालमेल हुने स्थिति भएन । त्यसो भएपछि सुरुमा महानगरपालिका र उपमहानगरपालिकाको टुंगो लगाऔँ, त्यहाँ सहमति कसरी गर्ने छलफल गरौ’ ती नेताले भने, ‘यदि महानगर उपमहानगरमा पाँचै दलको चित्त बुझ्दो भागबण्डा भएमा नगरपालिका र गाउँपालिकामा हुने चुनावी तालमेलका विषयमा छलफल गरौंला, नभए आ–आफ्नै ढंगले प्रतिस्पर्धा गरौंला भन्ने भएको छ । कुनै निर्णय भएको छैन ।’
स्थानीय तहमा उम्मेदवारका आकांक्षी धेरै भएपछि सत्ता गठबन्धनमा भागवण्डा गर्न समस्या भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।