शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

ह्वात्तै बढ्यो गर्मी, देशका मुख्य–मुख्य शहरमा यस्तो छ तापक्रमको अवस्था


  • आइतबार, बैशाख ४ २०७९
12.5K
SHARES

फाइल तस्विर

जल तथा मौसम पूर्वानुमान महाशाखाको अभिलेख अनुसार वैशाख महिनामा काठमाडौंमा सामान्यतयाः अधिकतम तापक्रमको औसत मात्रा २८ दशमलव २ डिग्री सेल्सियस हो । यतिबेला काठमाडौंको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुगिसकेको छ । जुन औसत भन्दा ४ डिग्री सेल्सियस बढी हो ।

यद्यपी काठमाडौंमा वैशाख महिनामा सबैभन्दा बढी तापक्रम सन् १९९९ मा मापन भएको थियो । त्यो वर्ष काठमाडौंमा अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो ।

यस्तै सुदूरपश्चिमको धनगढीको औसत अधिकतम तापक्रम ३५ दशमलव ९ डिग्री सेल्सियस हो । अहिले धनगढीको अधिकतम तापक्रम ३८ दशमलव ६ डिग्री सेल्सियस पुगेको छ । त्यहाँपनि औसतभन्दा ३ डिग्री सेल्सियस तापक्रम बढेको छ ।
काठमाडौंसहित देशका अन्य भूभागमा पनि औषतमा अधिकतम तापक्रम ४ डिग्री सेल्सियस हाराहारी बढेको मौसमविद् बिनु महर्जनले रातोपाटीलाई जानकारी दिइन् ।

देशका मुख्य स्थानहरुमा गरिएको तापक्रमको रेकर्ड अनुसार दिपायलमा अधिकतम तापक्रम ३६ दशमलव ८ डिग्री सेल्सियस, न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री सेल्सियस, नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव ५ डिग्री सेल्सियस, न्यूनतम तापक्रम १८ दशमलव ४ डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस, न्यूनतम तापक्रम १८ दशमलव ४ डिग्री सेल्सियस, भैरहवामा अधिकतम तापक्रम ४१ दशमलव २ डिग्री सेल्सियस, न्यूनतम तापक्रम २० डिग्री सेल्सियस, विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव २ डिग्री सेल्सियस, न्यूनतम तापक्रम २२ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

यस्तै धरानको अधिकतम तापक्रम ३६ दशमलव २ डिग्री सेल्सियस, न्युनतम तापक्रम २४ दशमलव ५ डिग्री सेल्सियस, जनकपुरको अधिकतम तापक्रम ३८ दशमलव ८ डिग्री सेल्सियस, न्यूनतम तापक्रम १९ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । जिरीको अधिकतम तापक्रम २६ दशमलव २ डिग्री सेल्सियस, न्यूनतम तापक्रम ६ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

प्रिमनसुनको समय अप्रिल र मार्चमा सामान्य भन्दा तापक्रममा बृद्धि हुने गरेको मौसमविद् महर्जनले जानकारी दिइन् । यस्तै आज देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा