शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमालेले जितेको पालिकामा पहिलो हक हाम्रो हो : माधव नेपाल


  • आइतबार, बैशाख ४ २०७९
9.7K
SHARES

फाइल तस्विर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले जितेको स्थानीय तहमा आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दाबी गरेका छन् ।

पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले ०७४ सालको निर्वाचनमा एमालेले पाएको सफलतामा आफूहरुको हक लाग्ने बताए ।

(सत्ता गठबन्धनको) सबै दलले ०७४ सालको निर्वाचनमा भाग लिएका छन् । हामीले एमालेको नाउँमा भाग लिएका छौं, किन भने त्यो बेलामा हाम्रो पार्टी नेकपा एमाले थियो’ उनले भने, ‘त्यसकारण एमालेले प्राप्त गरेको सफलतामा हाम्रो हक लाग्छ, पहिलो हक लाग्छ ।’

अरु दलले चाहेर पनि नेकपा एमालेका कार्यकर्तालाई आकर्षित गर्न नसक्ने भन्दै नेता नेपालले एमालेले जितेको पालिकामा एकीकृत समाजवादीका उम्मेदवारले मात्र जित्न सक्ने दावी गरे ।

त्यहाँ जित्नु छ भने हाम्रै उम्मेदवारले जित्न सक्छन् । एमालेको प्रभाव भएका मान्छे बरु हाम्रो नजिक हुन्छन्’ उनले भने, ‘यस बीचमा अरु पार्टी अगाडि बढेका छन् भने थोरै मतान्तरले जित हार भएको छ भने हामी ध्यान दिन्छौं । हामी जित्ने सुनिश्चित गर्ने गरी दाबा गर्नेछौं ।’

उनले कम्तीमा एक्लै ५० प्रतिशत शक्ति पुर्‍याएको स्थानीय तहमा मात्र नेतृत्व दावा गर्न सुहाउने बताए । गठबन्धनका कतिपय दलले १० प्रतिशत, २० प्रतिशत मतको आधारमा पनि पालिका दाबी गरिरहेको भन्दै अध्यक्ष नेपालले जित्ने भन्दा बढी स्थानमा दाबा गर्न नमिल्ने बताए ।

पोखरा महानगरपालिकाको मेयरमा आफूहरुले दाबी गर्दा खिसिट्युरी गरिएको भन्दै नेता नेपालले त्यहाँ आठ हजार भन्दा बढी पार्टी सदस्य रहेको दावी गरे । कपिलवस्तुको एक पालिकामा गत स्थानीय तह निर्वाचनमा १३४ मत ल्याएको दलले अहिले प्रमुख पद दाबी गरेको भन्दै नेता नेपालले यथार्थमा आधारित भएर दाबी गर्न आग्रह गरे । ‘फेरि चुनाव यस्तो बेला हो, जमानत जफत हने स्थिति भए पनि दुई तिहाइ बहुमतले जित्छु भन्दो रहेछ’ उनले भने ।

अध्यक्ष नेपालले गठबन्धनबीच उम्मेदवारी दिने विषयमा कुनै ठाउँमा सहमति भएन भने सहमत हुने दलसँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धा गर्न पाउने पनि बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा