कठमाडौँ – भारतको पञ्जाब राज्यका मुख्यमन्त्री भगवंत मानले आउँदो जुलाई १ तारिखदेखि मासिक तीन सय युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गरेका छन् ।
आम आद्मी पार्टीको तर्फबाट मुख्यमन्त्रीमा निर्वाचित भएको एक महिना पुगेको अवसरमा उनले पञ्जाबका नागरिकले प्रत्येक महिना तीन सय युनिटसम्मको बिजुली निःशुल्क पाउने घोषणा गरेका हुन् । भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार मुख्यमन्त्री मानले औद्योगिक उपभोक्ताका लागि महसुल नबढाउने र कृषकहरुका उपकरणमा लाग्ने शुल्क पनि कटौती गर्ने बताएका छन् ।
गएको मंगलवार ट्विट गर्दै उनले आफूले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग भेट गरेको र पञ्जाबका नागरिकलाई छिटै एउटा खुसीको खबर दिने बताएका थिए ।
हरेक घरलाई तीन सय युनिटसम्म बिजुली निःशुल्क वितरण गरिने विषय आम आद्मी पार्टीको चुनावी वाचामध्ये एक थियो । उक्त निर्णय कार्यान्वयन भए पञ्जाबका ६२ लाख २५ हजार अर्थात झण्डै ८४ प्रतिशत परिवारले निःशुल्क बिजुली बाल्न पाउनेछन् ।
एजेन्सीका अनुसार पञ्जाब सरकारले तीन सय युनिटसम्म निःशुल्क बिजुली दिँदा वार्षिक ५५ अर्ब भारतीय रुपैयाँ व्यहोर्नुपर्नेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।