आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

रोल्पामा ‘आदर्श’ छविका ‘आदर्श’ आएपछि प्रचण्डलाई तनाव !


  • आइतबार, बैशाख ४ २०७९
12.3K
SHARES

काठमाडौँ – रोल्पा जनयुद्धको आधार इलाका । आर्दश छविका चुडामणी वली (आदर्श) आधार इलाकाका पुराना कमाण्डर स्थानीय तह निर्वाचनमा सहभागी भएपछि नेकपा माओवादी केन्द्रलाई झट्का लाग्ने भएको छ ।

आदर्शले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा ‘स्वतन्त्र उम्मेदवारी’ घोषणा गरेका छन् । उनको उम्मेदवारी घोषणाले माओवादी केन्द्रका नेता तथा कार्यकर्तालाई पनि आक्रशित गरेको छ ।

आदर्शले उम्मेदवारी घोषणासँगै भोट माग्न सुरु गरिसकेका छन् । युवा र किसानसँगै टोलटोलमा भेटिने उनी आफूलाई भोट माग्छन् त्यसपछि स्कूल, अस्पताल, खानेपानी, बाटो–घाटो, पुल–पुलेसा, मठ–मन्दिरको चर्चा गर्छन् ।

उनी ‘चुनाव चिन्ह’ के हो ? उनलाई नै थाहा छैन तर उनी मतदाताको घरदैलोमा पुगेर आफूलाई भोट दिन भनिरहेका छन् । चुनाव चिन्ह मनोनयन दर्तापछि मात्रै पाउने छन् । वली गंगादेवका मतदातासँग राय मागिरहेका भेटिन्छन् ।

स्वतन्त्र उम्मेदवार उनी गाउँतिर एक्लै भने छैनन् । नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता–कार्यकर्तासँगै हिँडिरहेका छन् । यत्तिमात्रै होइन चुनावी प्रचारमा माओवादी केन्द्रका कतिपय जिम्मेवार नेता–कार्यकर्ता पनि उनीसँगै देखिएका छन् ।

माओवादीका नेता कार्यकर्ताले आफ्ना पुराना कमाण्डर अर्थात् कमरेड आदर्शलाई जिताउन लागि परेका छन । पार्टी उम्मेदवार छाडेर स्वतन्त्र उम्मेदवारको चुनावी प्रचारमा माओवादी कार्यकर्ता हिँडेका छन् । ।

‘काठमाण्डू गएका नेताहरू गाउँ फर्किदैनन् । उहाँ त फर्किनुभयो नि ! गाउँपालिका अध्यक्ष लड्ने चर्चाले यहाँका जनता उत्साहित छन् । यस्तो बेला पार्टी–साथी भन्ने होइन । राम्रो उम्मेदवारलाई जिताउनुपर्छ । हाम्रो आस्था राख्ने पार्टी माओवादी केन्द्र नै हो । तर आदर्शलाई भोट हाल्छौं,’ माओवादी केन्द्रका एक जना कार्यकर्ता भन्छन् ।

वलीको उम्मेदवारी घोषणासँगै गंगादेवका मतदाता प्रष्ट वक्ता र कामकाजी नेतालाई आउँदो स्थानीय निर्वाचनमा रोज्न पाउने भन्दै खुशी भएका छन् । उनी प्रायः सबै टोलमा छिरिसकेका छन् । भेटघाटमा आफ्नो विचार राख्छन् । मतदाताको गुनासो पनि सुन्छन् ।

‘अघिल्लो निर्वाचनमा खराब पात्र जिताएर बर्बाद गरियो ! अब त राम्रो व्यक्तिलाई छान्ने हो । भ्रष्ट उम्मेदवारलाई भोट हाल्दा ठूलो दुःख पायौं,’ एक युवाले भने ।

गंगादेवबासीलाई आदर्श देखे–भेटेपछि राजनीतिक पार्टीको वास्ता छैन । यहाँ नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकै कमजोर छ । तर स्वतन्त्र उम्मेदवार भने बलिया छन् । सबैले रूचाउँछन् र मान्छन् । वलीको पनि यत्ति अपेक्षा छ– सबै मतदाताले मताधिकार प्रयोग गर्ने क्रममा आफूलाई नै जिताउने छन् ।

उनी निर्वाचनमा सहभागी हुने भएपछि जिल्लामा मात्र होइन केन्द्रका अध्यक्ष प्रचण्ड पनि तनावमा छन् । आफ्नो जित निश्चित भएको पालिकामा ओली आएपछि प्रचण्ड तनावमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा