आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

राज कार्कीलाई ‘राष्ट्रिय युवा उद्यमी’ सम्मान


  • आइतबार, बैशाख ४ २०७९
7.2K
SHARES

बैशाख – युवा व्यवसायी राज कार्की सम्मानित भएका छन् । सुट्मालाका सञ्चालक कार्की सम्मानित भएका हुन् ।

चन्द्र लोक प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा कार्की ‘राष्ट्रिय युवा उद्यमी’ सम्मानबाट सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले कार्कीलाई सम्मान गरेका हुन् ।

कार्की २०७२ देखि टेलरिङ व्यवसायमा छन् । नरदेवी, काठमाडौंमा उनको श्रीराज कलेक्सन पनि सञ्चालनमा छ । केही अघि उनले काठमाडौंको बागबजारमा उनले सुट्माला टेलरिङ पनि सञ्चालन गरिरहेका छन्।

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सचिव समेत हुन् । उनी सामाजिक र व्यावसायिक काममा निरन्तर सक्रिय छन् । ‘राष्ट्रिय युवा उद्यमी’ सम्मान दिलाएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै कार्कीले उद्यम क्षेत्रमा थप रचनात्मक, सिर्जनात्मक काम गर्न प्रेरणा मिलेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा