शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

सुरु भयो ‘नो भोट’ अभियान, नेतालाई गाउँ पस्न नदिइने


  • शुक्रबार, बैशाख २ २०७९
26.2K
SHARES

फाइल तस्विर

काठमाडौँ — जिल्लाका विभिन्न पालिकाका स्थानीयले ‘नो भोट’ चलाएका छन् । लामो समयसम्म आफूहरूले जोतभोग गर्दै आएको जमिनको पुर्जा हालसम्म नपाएको भन्दै देवचुली र कावासोती नगरपालिकाका सुकुम्बासी र भुमिहीनले ‘नो भोट अभियान’ चलाएका हुन् । २०२२ सालदेखि बसोबास गरेको जग्गाको लालपुर्जा नपाएको भन्दै उनीहरू आन्दोलित भएका छन् ।

आन्दोलनरत स्थानीयले ‘नो लालपुर्जा, नो भोट’ भन्दै लालपुर्जा नपाउँदासम्म चुनाव बहिस्कार गर्ने र नेतालाई गाउँ पस्न नदिने बताएका हुन् । गएको निर्वाचनमा पनि आफूहरूलाई आश्वासन मात्र देखाइएको उनीहरूको गुनासो छ ।

आफ्ना माग सम्बोधन नभएपछि बाध्य भएर चुनाव बहिस्कारको अभियान थालेको सुकुम्बासी तथा भुमिहीन संघर्ष समिति देवचुली वडा नम्बर ४ र ५ का संयोजक गणेश गुरुङ बताउनुहुन्छ । जिल्लामा ३३ हजार ६ सय ३५ जनाले पुर्जा प्राप्तिको लागि निवेदन दिएका छन् ।

अहिले स्थानीय तहसँगको सहकार्यमा नापनक्सा पनि भएको छ । तर, सरकार परिवर्तनसँगै भुमीसम्बन्धी समस्या समाधान आयोग परिवर्तन हुँदा लालपुर्जाको आशमा बसेका उनीहरूमा निराशा छाएको छ । लालपुर्जा नहुँदा जीविकोपार्जन र अन्य काममा समेत समस्या झेल्नुपरेको स्थानीयको गुनासो छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा