आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

उपत्यकाबाट घरबेटीसहित एघारजना पक्राउ, मिलेर यस्तो गर्दा रहेछन् !


  • शुक्रबार, बैशाख २ २०७९
9.8K
SHARES

प्रहरीले ललितपुर जिल्लामा ११ जना जुवाडेलाई झण्डै ९ लाख रुपियाँ र ताससहित पक्राउ गरेको छ । बुधबार राति गोदावरी नगरपालिका–१४ ठैवस्थित राजेश महर्जनको घरमा छापा हानेर ११ जना जुवाडेलाई पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजेश महर्जनको घरको पहिलो तलामा रहेको कोठामा ११ जना मानिसहरूलाई अवैध रुपमा जुवा तास खेली खेलाई रहेको अवस्थामा प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा घरधनी महर्जन पनि छन् ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका-१४ ठैव बस्ने वर्ष ४० का राजेश महर्जन (घरधनी), झरुवाराशी बस्ने वर्ष ३३ का नितेष थापा ‘कृष्ण’, गोदावरी कुण्डका वर्ष ४४ का सुमन पुरी, टौखेलका वर्ष ४८ का सुदर्शन सुवेदी, पौडेल शान्तिवन बस्ने वर्ष ४४ का कुमार तामाङ, ठैव बस्ने वर्ष ४२ का राजेश महर्जन रहेका छन् ।

कार्कीटार बस्ने वर्ष ३५ को विजय थापा, गोदामचौर बस्ने वर्ष ४२ को कमल कार्की, टाखेल बस्ने वर्ष २८ का सन्तोष दुलाल, शान्तिबन बस्ने वर्ष ३४ को सुनिल लामा तामाङ र पाँचथरको कुम्पाक गाउँपालिका-१ घर भई हाल गोदावरी नगरपालिका-३ बसपार्क बस्ने वर्ष ५३ को प्रेमबहादुर फेउदिनलाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले जुवाको खालबाट ३ बुक तास, आठ लाख त्रीचालीस हजार छ सय नब्बे रुपियाँ बरामद गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा