शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कांग्रेससँग सकेसम्म बार्गेनिङ गर्ने हो, कुरा नमिले कांग्रेस सँग पनि प्रतिस्पर्धा हुनसक्छ : प्रचण्ड


  • शुक्रबार, बैशाख २ २०७९
9.7K
SHARES

फाइल तस्विर

माओवादी अध्यक्ष प्रचण्डले सकेसम्म गठबन्धनलाई मध्यनजर गरेर चुनाव लड्ने तर सबैतिर नमिले काँग्रेस सँग जतिसक्दो बार्गेनिङ गर्ने नभए अन्य सँग मिलेर भए पनि प्रतिस्पर्धामा उत्रने बताएका छन् ।

अध्यक्ष दाहालले स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नबनेको बताएका छन्।

उपलब्ध पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको शुक्रबार बिहान खुमलटारमा बसेको बैठकमा प्रचण्डले गठबन्धनमा रहेका दलहरुले आफ्नो शक्तिलाई अतिरन्जित रुपमा दावी गरेकाले पनि कुरा मिलाउन अप्ठ्यारो भएको बताएको एक स्थायी समिति सदस्यले  जानकारी दिए ।

तालमेलको विषय मिलाउन गाह्रो–गाह्रो छ,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘गठबन्धन हेर्दा राम्रो देखिए पनि व्यवहारिक रुपमा मिलाउन गाह्रो छ ।’ प्रचण्डले कांग्रेससँग सकेसम्म ‘बार्गेनिङ’ गर्ने नभए गठबन्धनका अन्य पार्टीहरुसँग मिलेर कांग्रेससँग पनि स्वस्थ प्रतिस्पर्धा हुने बताएका थिए। ‘कांग्रेससँग सकेसम्म बार्गेनिङ गर्ने हो,’ प्रचण्डको भनाइ थियो, ‘जति हुन्छ लिने, नभए प्रष्पिर्धा गर्ने हो।’

पूर्व स्थायी समिति सदस्य कृष्णबहादुर महराले सकेसम्म गठबन्धनमा तलसम्मै तालमेल गरेर जाने विषयमा छलफल भएको बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा