शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

गगन थापाले दिए शेखर कोइरालालाई धोका !


  • शुक्रबार, बैशाख २ २०७९
7.8K
SHARES

फाइल तस्विर

नेपाली काग्रेसको १४ औँ महाधिवेशनमा शेखर कोइराला प्यानलबाट उमेदवार बनेर महामन्त्री जितेका गगन थापाको पछिल्ला गतिविधी प्रति शेखर कोइराला खेमाकै नेताहरु सशंकित बन्न थालेका छन् ।

केहि समय अघि सम्म नेपाली काग्रेसले कुनै पनि हालतमा कम्युनिस्ट पार्टीसंग गठबन्धन गर्न हुँदैन भनेर चर्को अभिव्यक्ति दिने गरेका थापा आजभोली चुपचाप छन् बरु उनले पार्टीको निर्णय सबैले मान्नु पर्छ भन्दै गठबन्धन गर्नु पर्ने सभापती शेरबहादुर देउवाकै लाइनलाई ढाडस दिने गरि बोल्न थालेका छन् ।

प्रधानमन्त्री समेत रहेका काग्रेस सभापती शेरबहादुर देउवा र उनीनिकट नेताहरुले गठबन्धनको पक्षमा नरम कुरा गरिरहेका छन् भने १४ औँ महाधिवेशनमा देउवासँग पराजित भए पनि काग्रेस भित्र रामो पकड भएको शेखर कोइराला पक्षले भने केहि ठाउँमा तालमेल गर्न सकिने भए पनि आमरुपमा गठबन्धन गर्न नहुने आवाज उठाइरहेको छ।

काग्रेस भित्र गठबन्धनको पक्ष र विपक्षमा तिब्र ध्रुविकरण भइरहेका बेला निर्णायक अर्थराख्ने महामन्त्री गगन थापाको भूमिकालाई लिएर विभिन्न विमर्श सहितको टिकाटिप्पण्णी सुरु भएको छ । १४ औँ महाधिवेशनमा शेखर कोइरालाको टिमबाट उमेदवार बनेर लोकप्रिय मतसहित महामन्त्री जितेका थापाको भूमिकाका बारेमा कोइराला खेमा भित्रै कानेखुशि चल्न थालेको छ ।

केहि समय अघि सम्म गठबन्धनको विपक्षमा खरो रुपमा देखिएका काग्रेस महामन्त्री गगन थापा पछिल्लो समय चुपचाप जस्तै देखिएका छन् । थापा चुपचाप मात्रै देखिएका छैनन् , हालै उनले पार्टीको निर्णय सबैले मान्नु पर्ने सार्वजनिक अभिव्यक्ति पनि दिएका छन् । थापाको मौनता र पछिल्लो अभिव्यक्तिले कोइराला खेमा भित्र उनको भूमिकालाई लिएर चियोचर्चो सुरु भएको बताइन्छ ।

ओटिभी नेपाल डटकमको सम्पर्कमा आएका शेखर कोइराला निकट एक नेताले गगन थापाको भूमिकाको बारेमा आफुहरुको मनमा चिसो पसेको बताए । नाम नबताउँने सर्तमा ती नेताले मुखले जे भने पनि पछिल्लो समय गगन थापाको सबै व्यवहार देउवाको सहयोगीको रुपमै देखिएको भन्दै अब उनलाई विश्वास गर्दा थप अप्ठेरोमा पर्न सक्ने जस्तो लागेको बताए ।

‘हामिले भन्दा पनि गगन थापाका बारेमा शेखर दाइलेनै नजिकबाट बुझेर व्यवहार गर्दा राम्रो होला तर गगनजीको चाला हामीले निको मानेका छैनौँ । देउवाजीले उहाँलाई औँला समातेर हिड्नु भएको छ कसरी देउवालाई खुशी बनाउँने भन्नेनै गगनजीको उदेश्य देखिन्छ , मुखलेत जे भने पनि भयो व्यवहारमा हेरौँ न त्यो त ओपन सेक्रेटनै छनी ‘। ती नेताले भने ।

हालै काग्रेस सभापती शेरहादुर देउवाले महामन्त्री गगन थापालाई स्थानिय तहको निर्वाचन घोषाणापत्र लेखन समितीको संयोजक बनाएका थिए । एमसीसी पास गर्ने बेलामा पनि देउवाको प्रमुख सहयोगीका रुपमा देखिएका थापालाई देउवाले पनि एक पछि अर्को महत्वपुर्ण जिम्मेवारी सुम्पँदै आएका छन् ।

घोषणपत्र समितीको संयोजक बनेका थापाले देउवा पत्नी आरजु राणालाई एक नम्बरमा सदस्य नियुक्त गरेर काम थालेका छन् । शेखर कोइरालाले केन्द्रबाटै गठबन्धनको निर्णय गरेमा बिद्रोह हुने चेतावनी दिएका छन् तर उनकै समूहबाट उमेदवार बनेर महामन्त्री निर्वाचित भएका गगन थापाले पार्टी निर्णय सबैले मान्नुपर्ने अभिव्यक्ति दिए पछि शंका बढेको बताइन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा