युक्रेनी सेनाले देशका चर्चित रुसी समर्थक राजनीतिज्ञलाई पक्राउ गरेको छ। विपक्षी नेता भिक्टर देशद्रोहको आशंकामा केही दिनदेखि घरमै नजरबन्दमा थिए तर रुस युक्रेनमा प्रवेश गरेपछि उनी भागेका थिए।
मेदवेदचुक युक्रेनका सबैभन्दा धनी व्यक्ति हुन् र उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिक मानिन्छन्। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफूले बन्दी बनाएका युक्रेनीहरूलाई रिहा गरे रुसले मेदवेदचुकलाई रिहा गर्ने बताए।
सरकारले मेदवेदचुकलाई युक्रेनी सैन्य वर्दीमा हतकडी लगाएको फोटो पनि जारी गरेको छ। जेलेन्गसेकीले युद्धको ४८ औं दिन मा आफ्नो भाषणमा भिक्टर मेदवेदचुकलाई कब्जामा लिएको जानकारी दिए।
’यदि मेदवेदचुकले वर्दी लगाउन छनौट गरे भने उनलाई युद्धको नियम अन्तर्गत कारबाही हुनेछ,’ जेलेन्स्कीले भने।
उनलेले यदि रूसले युक्रेनी कैदीहरूलाई रिहा गरेमा मेदवेदचुकलाई रिहा गर्न सक्ने पनि बताए। -बीबीसी
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।