शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कमल थापाका कारण एमालेमा रडाको, शीर्ष नेताले नै उठाए गम्भीर प्रश्न


  • बिहिबार, बैशाख १ २०७९
10.7K
SHARES

फाइल तस्विर

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाका कारण नेकपा एमालेभित्र शीर्ष नेताले गम्भीर प्रश्न उठेको छ । नेकपा एमालेले राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेलको सहमति गर्दै सूर्य चिन्हमा उम्मेदवार उठाउन गरेको सहमतिमा नेता भीम रावलले प्रश्न उठाएका हुन् ।

एमालेले बुधबार राप्रपा नेपाल र नेपाल परिवार दलसँग पाँच बुँदे सहमति गर्दै चुनावी तालमेल गरेको थियो। विपरीत सिद्धान्त भएका राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चिन्हमा लड्ने तर जितेपछि सम्बन्धित पार्टीमै आवद्ध हुने भन्दै गरिएको सहमतिप्रति रावलले प्रश्न उठाएका छन्।

एमाले र राप्रपा नेपालबीच भएका सहमतिमा सूर्य चिन्ह लिएर चुनाव उठ्ने राप्रपाका उम्मेदवार चुनावपछि राप्रपा नेपालमै आवद्ध हुने बुँदा समावेश छ।‘चुनाव चिन्ह विक्री हुने व्यवसायिक चिन्ह हो?,’ रावलले प्रश्न गरेका छन्, ‘यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम गर्न दिएजस्तो गर्न मिल्छ?’

निर्वाचन ऐन २०७३ मा ’उम्मेदवारलाई चिन्ह दिइसकेपछि त्यस्तो उम्मेदवारले आफ्नो दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा सो निर्वाचन चिन्ह परिवर्तन हुन सक्ने छैन। त्यस्तो उम्मेदवार निर्वाचित भएमा सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा निजको सदस्यता खारेज हुन्छ’ भन्ने लेखिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा