सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुखकार्यकारी अधिकृत पदमाश्री मनोज न्यौपाने नियुक्त भएका छन् । मिति२०७८ चैत्र ३० गते बसेको संचालक समितिको बैठकले उनलाई बैंकको प्रमुखकार्यकारी अधिकृत पदमाआगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी यस अघि सेञ्चुरी बैंकमा कायममुकायम प्रमुखकार्यकारी अधिकृतको रुपमाकार्यरत रहेका थिए ।
काठमाण्डौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गर्नु भएकाउनले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।
उनी बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्गतथा लेखा क्षेत्रमासैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिन्छन् ।
याे पनि पढ्नुहाेस्:
सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम खाता’ को शुभारम्भ गरेको छ । आफ्ना ग्राहककोे मागलाई ध्यानमा राख्दै आइतबारदेखि ‘सेञ्चुरी रेमिट प्रिमिय खाता’ सुरु गरिएको बैंकले जनाएको छ ।
एक हजार न्यूनतम मौज्दात भएको उक्त खातामा वार्षिक ५.५० % त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ । यस खातामा अन्य बचत खातामा भन्दा १% बढि ब्याज भुक्तानीका साथसाथै इन्टरनेट बैंकिङ्ग र मोबाइल बैंकिङ्ग पनि निस्शुल्क उपलब्ध गरिएको छ । उक्त खातामा लकर सेवा, एटिएम र अन्य सुबिधाहरुको व्यवस्था गरिएको छ ।
रेमिट्यान्सबाट आएको रकमलाई सुरक्षित राख्न र उच्च ब्याजदर प्राप्त गर्न इच्छुक ग्राहकवर्गहरुले आफुलाई सहज हुने सेञ्चुरी कमर्सियल बैंकको कुनै पनि शाखा कार्यालयमा गई उक्त नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमिय खाता’ खोल्ने सुबिधा लिन सक्नुहुन्छ । उक्त खाता खोल्नको लागि कुनै पनि रेमिट्यान्सबाट प्राप्त रसिद भने बैंकलाई अनिवार्य उपलब्ध गराउनु पर्नेछ ।
सेञ्चुरी कमर्सियल बैंकको काठमाडौं उपत्यकामा २३ शाखाहरु रहेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १८ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।