शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सलमान खानका भाइ चप्पलमै काठमाडौंमा भेटिए !


  • बिहिबार, बैशाख १ २०७९
6.4K
SHARES

१ बैशाख, काठमाण्डौ ।

बलिउड अभिनेता सलमान खानका भाइ सोहेल खान काठमाडौं आएका छन्। नेपाल वायुसेवा निगमको जहाजमा उनी बुधबार मुम्बईबाट काठमाडौं आइपुगेका हुन्। उनी आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने दाइ सलमानको ‘दबंग लाइभ इन नेपाल’ सांगीतिक कार्यक्रमको तयारी के कस्तो छ भनेर बुझ्न काठमाडौं आएका हुन्। विमानस्थलमा खिचिएको सामुहिक तस्विरमा अन्यले जुता लगाएको भएपनि सोहेल भने चप्पलमा छन् ।

आयोजक ओडीसी इन्टरटेन्मेन्ट प्रालिका अनुसार आज बिहीबार दिउँसो १ बजे सोल्टी होटलमा आयोजना गरिने पत्रकार सम्मेलनमा सलमानका भाइ सोहेल सहभागी हुनेछन् र आजै साँझ भारत फर्किने छन्।

कोरोना महामारीका कारण धराशायी भएको नेपालको पर्यटन क्षेत्र चलायमान बनाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन सलमानसहित बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवालगायत एक दर्जन भारतीय कलाकार काठमाडौं आउँदै छन् ।

सलमान काठमाडौं आएका बेला पर्वतीय उडानमा पनि जाने कार्यक्रम छ । नेपालमा हरेक वर्ष सर्वाधिक पर्यटक भारतबाट आउने भएकाले यो कार्यक्रमले घुम्न आउने भारतीयहरुको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा