काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आज (वैशाख १ गते) देखि कुहिने र नकुहिने फोहर छुट्याउन नगरवासीलाई आग्रह गरेको छ ।
फोहर पृथकीकरणबारे सूचना निकालेर महानगरले जैविक र अजैविक फोहर छुट्याउन नगरवासीलाई अनुरोध गरेको हो । महानगरको वातावरण तथा कृषि विभागका अनुसार कुहिने फोहर र नकुहिने फोहर छुट्टाछुट्टै सङ्कलन हुनेछ ।
फोहरमैला व्यवस्थापन ऐन–२०६८ अनुसार स्रोतमा नै फोहरको पृथकीकरण गर्न लागिएको हो । कुहिने फोहर सङ्कलन गर्न आउने दिन कुहिने र नकुहिने फोहर सङ्कलन गर्न आउने दिन नकुहिने फोहर उठाउने पनि महानगरले जनाएको छ ।
स्रोतमा नै फोहरको पृथकीकरण नगरे फोहोर सङ्कलन नगर्ने र फोहर मैला व्यवस्थापन ऐनअनुसार हरेक पटक पाँच सय रुपैयाँ जरिबाना हुने सूचनामा उल्लेख छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।