शनिबार, असार १८ २०७९
ताजा अपडेट

माओवादी छाडेर एमाले आएका बगडीया मेयरको उम्मेद्‍वार


  • KTM Khabar
  • बिहिबार, बैशाख १ २०७९
2.3K
SHARES

माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीया नेकपा एमालेले मेयरको उम्मेद्‍वार बन्ने भएका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा बगडीया माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । उनी २५ फागुनमा नेकपा एमाले प्रवेश गरेका थिए ।

केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका बगडीयालाई एमाले रंगेली नगर कमिटीले सर्वसम्त मेयरको उम्मेद्‍वार बनाउन सिफारिस गरेको हो ।

२०७४ को चुनावमा मेयर उपमेयर दुवै माओवादीले जितेको रंगेली नगपालिकामा एमाले उम्मेद्‍वार तेश्रो भएका थिए । यस्तै नेकपा एमाले जहदा गाउँपालिका कमिटीले पनि मुसहरु मण्डलको नाम अध्यक्षमा सिफारिस गरेको छ ।

जहादा गाउँपालिकामा गएको चुनावमा संघीय समाजवादी फोरमले अध्यक्ष, उपाध्यक्ष जितेको थियो । यहाँ एमाले उम्मेद्‍वार चौथो भएका थिए । नेकपा एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जिल्लामा सबै स्थानीय तहको उम्मेदवारलाई सर्वसम्मत गर्ने तयारी भइरहेको बताए ।

‘वैशाख ५ गते भित्र नाम सिफारिस गर्ने समय छ, उनले भने, पाँच गते भित्र पालिका र वडामा सर्वसम्मत उम्मेदवार छनोट गर्छौं ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा