शनिबार, साउन ९ २०८३
ताजा अपडेट

स्थानीय तहको चुनावमा एमाले कुन कुन दलसँग सहकार्य गर्छ ? अध्यक्ष ओली यसो भन्छन् !


  • बिहिबार, बैशाख १ २०७९
9.4K
SHARES

फाइल तस्विर

मोरङ — एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा राप्रपालगायतका दलसँग तालमेल हुन सक्ने बताएका छन् ।बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा ओलीले स्थानीय तहको चुनावमा राप्रपालगायतका केही दल मिल्न सक्ने बताएका हुन् । स्थानीय चुनावमा गठबन्धन एकातिर र एमाले अर्कोतिर हुने पनि उनको भनाइ थियो ।

केही दिनअघि राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चिन्ह लिएर चुनावमा उठ्न सक्ने बताएका थिए । ‘राप्रपालगायत अरु पनि दल हामीसँग मिल्न सक्छन्,’ अध्यक्ष ओलीले भने, ‘स्थानीय चुनावमा गठबन्धनवालालाई एमालेले पत्तासाफ पार्छ ।’

त्यस्तै सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई हतियार बनाएर स्थानीय तहको चुनाव सार्न खोजेको ओलीले आरोप लगाएका छन् ।

‘नेत्रविक्रम चन्द नेतृत्वको नेकपा स्थानीय तहको चुनाव सार्ने हतियार हुन्छ कि भन्ने सन्देशको स्थिति बढेको छ तर त्यस्तो हुनु हुँदैन,’ उनले भने, ‘लोकतन्त्रका लागि संविधान अनुसार देश चल्नु पर्छ भन्ने पक्षमा छौं ।’ चन्दले नेतृत्व गरेको नेकपालाई चुनावमा सहभागी हुन आफूले आहृवान गरेको पनि उनले बताए ।

आफू नेतृत्वको सरकारका कारण अर्थतन्त्र खस्किएको भन्नेमा पनि ओलीले आपत्ति जनाए ।

‘अहिलेको सरकारले ९ महिनामा देशको अर्थतन्त्र ध्वस्त पार्ने र पहिलेको सरकारले अर्थतन्त्र बिगारेको भन्नु मानसिक सन्तुलनको समस्या हो कि भन्नु पर्छ,’ उनले भने, ‘मुलुकको अर्थतन्त्र ठीक पार्न अहिलेको गठबन्धनको भ्रष्ट सरकारलाई डस्टबिनमा फाल्नुको विकल्प छैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा