शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

एमालेबाट वीरगन्जको मेयरमा सरावगी सर्वसम्मत


  • बुधबार, चैत्र ३० २०७८
11K
SHARES

फाइल तस्विर

नेकपा एमालेबाट वीरगन्ज महानगरपालिकाको मेयरका लागि विजय सरावगीको नाम सर्वसम्मत रूपमा सिफारिस भएको छ। अहिले पनि वीरगन्जका मेयर रहेका सरावगीलाई वैशाख ३० गते हुने चुनावका लागि एमाले नगर कमिटीले बुधबार सर्वसम्मत रूपमा सिफारिस गरेको हो।

संघीय समाजवादी पार्टीबाट २०७४ मा मेयर चुनाव जितेका सरावगी गत फागुनमा एमाले प्रवेश गरेका थिए। उनलाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली वीरगन्ज पुगेका थिए।

सरावगीले मेयरका लागि आफ्नो नाममात्रै सिफारिस भएको बताए। अरू कोही आकांक्षी नभएपछि आफ्नो नाम सर्वसम्मत भएको उनले बताए। उपमेयरका लागि भने उम्मेदवार सिफारिस गर्न बाँकी छ। लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेलको कुरा भइरहेकाले उपमेयरको उम्मेदवार सिफारिस हुन ढिलाइ भएको सरावगीले बताए।

मेयर सरावगी गत महिना नेकपा एमालेमा प्रवेश गरेका थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा भने उनी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा