शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीले विप्लवलाई भने : निर्वाचन प्रकृया अघि बढिसक्यो, अहिले सहभागी गराउन सकिन्न


  • बुधबार, चैत्र ३० २०७८
8.6K
SHARES

फाइल तस्विर

नेकपाका महासचिब नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान प्रधानमन्त्री देउवा र विप्लवबीच भेट भएको हो । भेटमा विप्लवले स्थानीय तहको निर्वाचनमा सहभागी हुने वातावरण बनाउन प्रधानमन्त्री देउवासँग आग्रह गरेको स्रोतले बताएको छ । प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनको प्रकृया धेरै अगाडि बढिसकेकाले अहिले सहभागी गराउन कठिन भएको जवाफ दिएका थिए।

प्रधानमन्त्रीले संघ र प्रदेशको निर्वाचनमा दल दर्तालगायतका प्रकृया पूरा गरेर अघि बढ्न विप्लवलाई सुझाव दिएका थिए। भेटमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको नेकपाका एक नेताले जानकारी दिए ।

नेकपाको हालै सम्पन्न केन्द्रीय समिति बैठकले स्थानीय तह निर्वाचन उपयोग गर्ने रणनीति लिएको थियो ।

केही दिनअघि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ दल दर्तालगायतका विषयमा छलफल गर्न निर्वाचन आयोग पुगेका थिए । नेकपाभित्र विप्लव र प्रकाण्ड चुनावको उपयोग गर्ने पक्षमा छन् भने हेमन्तप्रकाश वली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोला चुनाव बहिष्कार गर्ने अडानमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा