काठमाडाैँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष पदमा विजय स्वाँर निर्वाचित भएका छन् । महासंघको छैटौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष पदमा स्वाँर निर्विरोध निर्वाचित भएका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको वरिष्ठ उपाध्यक्षमा सरोज सिटौला, ऐनकुमारी शाही र हरिशरण केसी निर्वाचित भएका छन् । महासचिवमा डेकनाथ गौतम, उपमहासचिवमा पुरुषोत्तम सिंखडा, कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सहकोषाध्यक्षमा अर्जुन गौतम निर्वाचित भएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको वर्गीय संयोजकमा रामप्रसाद घिमिरे, प्रदेश संयोजकमा केदार पौडेल, रामसुन्दर परियार, प्रकाश तिवारी निर्वाचित भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय सदस्यमा खड्गबहादुर विश्वकर्मा, दिलबहादुर श्रेष्ठ निर्वाचित भएको महासंघले जनाएको छ । महासंघको छैटौँ राष्ट्रिय महाधिवेशन यही चैत २७ देखि २९ गतेसम्म चलेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।