शनिबार, साउन ३० २०८३
ताजा अपडेट

अनन्त कमल थापाको चुनाव चिह्न सूर्य, एमाले र राप्रपा नेपालबिच गठबन्धन


  • बुधबार, चैत्र ३० २०७८
10.3K
SHARES

फाइल तस्विर

राप्रपा त्यागेर राप्रपा नेपालको अध्यक्ष बनेका कमल थापाको पार्टी र एमाले पार्टी बिच गठबन्धन भएको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले सूर्य चुनाव चिन्ह लिएर चुनावमा होमिने भएको छ ।  निर्मल निवासको हस्तक्षेप गरेर अध्यक्ष बन्न नपाएको भन्दै राप्रपा छोडेर राप्रपा नेपालको अध्यक्ष बनेका कमल थापा एमाले सँग गठबन्धन गर्न पुगेका हुन् ।

नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमति अनुसार देशभर सम्भव भएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पदका लागी मात्रै राजनीति गरेको भन्दै आम सर्वसाधारणले सामाजिक सञ्जालमा विरोध गर्दै आएका छन् । नेता थापाले राप्रपाको अधिवेशनमा अध्यक्ष मा राजेन्द्र लिङदेन सँग पराजय भोगेपछि पार्टी परित्याग गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा