मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

एमाले सरकारका कारण अर्थतन्त्र ध्वस्त भयो भन्नेको मानसिक अवस्था ठिक छैन : ओली


  • KTM Khabar
  • बुधबार, चैत्र ३० २०७८
2.9K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका कारणले अर्थतन्त्र ध्वस्त भएको भन्नेहरूको मानसिक अवस्था ठिक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सो कुरा बताएका हुन् । अध्यक्ष ओलीले ९ महिना सरकारको नेतृत्व गरेर अर्थतन्त्र ध्वस्त बनाउने अनि पहिलेको सरकारले गर्दा यस्तो भयो भन्नु मानसिक असन्तुलनको उपज हुने आशय व्यक्त गरे ।

‘९ महिनामा अर्थतन्त्र ध्वस्त पार्ने अनि पहिलेको सरकारले यस्तो गर्यो भन्ने कुरा मानसिक सन्तुलनमा समस्या हो कि भन्ने सन्देह पैदा हुन्छ,’ ओलीले भने, ‘त्यस्तो कसैले भनेको हो कि होइन मैले सुनेको छैन, तपाईंहरुबाट सुनेको हुँ, त्यतिसारो भनेको हो भने त्यो मानसिक असन्तुलन भएको हो कि भन्ने सन्देश पैदा हुन्छ ।’

ओलीले गठबन्धन दलको सरकार भ्रष्ट भएकोले यसलाई डस्टबिनमा फाल्नुपर्ने बताए । ‘गठबन्धनको भ्रष्ट सरकारलाई एमालेले डस्टबिनमा फाल्छ,’ उनले भने ।  उनले दुई चार जना, दुई चार जनाको पार्टी एकातिर वृहत एमाले एकातिर भएर चुनावमा लड्ने बताए । उनले राप्रपा वा अन्य दलसँग पनि निर्वाचनमा मिलेर जान सकिने बताए ।

विप्लवलाई देखाएर निर्वाचन सार्ने षड्यन्त्र भएका कारण आफूले सूर्य चिन्हमा चुनाव लड्न अपिल गरेको बताउँदै ओलीले निर्वाचन संविधानअनुसार हुनैपर्नेमा जोड दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा