शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

तीन लाख रुपैयाँ घुस लिएको आरोपमा प्रधानाध्यापक ठाकुर पक्राउ


  • बुधबार, चैत्र ३० २०७८
11.2K
SHARES

फाईल तस्बिर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक घुस रकमसहित पक्राउ गरेको छ। करार अवधि थप गरिदिने बहाना गर्दै प्रधानाध्यापकले घुस मागेको बताइएको छ । घुस रकम लिइरहेको बखतमै पक्राउ गरिएको समेत जनाइएको छ ।

प्रधानाध्यापक राकेश ठाकुरलाई तीन लाख रकम घुस लिइसकेको अवस्थामा पक्राउ  गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्।

घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा ग्राहकबाट ३ लाख रकम लिइसकेको अवस्थामा ठाकुरलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। अख्तियारको टोलीले ठाकुरसहित दीपेन्द्र सर्जिकल पसलका सञ्‍चालक दीपेन्द्रकुमार झालाई पनि नियन्त्रणमा लिएको छ।

दुवैजनालाई रौतहटको यमुनामाई गाउँपालिका वडा न. ४ अरुअठ्ठास्थित चन्द्रनिगाहपुर गौरबाट बुधबार बिहान नियन्त्रणमा लिएको हो। करार अवधि थप गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले दुवैजनालई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। विस्तृत विवरण अनुसन्धान पछि आउने जनाइएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा