शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

अन्ततः प्रचण्डको फेसबुक पेजबाट हट्यो कुलमानको फोटो !


  • बुधबार, चैत्र ३० २०७८
14.9K
SHARES

फाइल तस्विर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फेसबुक पेजबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो भएको  चुनावी पोस्टर हटाइएको छ।

बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्डले कुलमानको फोटो भएको चुनावी पोस्टर फेसबुकमा राखेका थिए। माओवादीका अरू नेताहरूले पनि उक्त पोस्टर पोस्ट गरेका थिए।

अहिले उक्त पोस्टर सम्पादन गरेर प्रचण्डको मात्रै तस्बिर राखिएको छ। आफूलाई जानकारी नै नदिइकन चुनावी पोस्टरमा फोटो राखिएको भन्दै कुलमानले आपत्ति जनाएका थिए। ‘मलाई थाहै थिएन। पार्टीको चुनावी पोस्टरमा त्यसरी मेरो फोटो राख्न मिल्दैन,’ कुलमानले भनेका थिए,‘ मैले हटाउन भनिसकेको छु।’

कुलमानको फोटो चुनावी पोस्टरको रूपमा प्रचण्डको फेसबुकमा अपलोड भए पछि आम सर्वसाधारणले विरोध जनाएका थिए । चुनावी पोस्टरको रूपमा कुलमानको फोटो प्रयोग गरेकोमा सामाजिक सञ्जालमा विरोध आए सँगै अहिले हटाइएको छ । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले एउटा मोडलका रूपमा उक्त पोस्टर राखिएको त्यो चुनावी पोस्टर नभएको बताएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा