नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गरेकी छन्।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी आरजु राणा देउवाले निर्वाचन आयोगले संविधानलाई कुल्चिएको आरोप समेत लगाएकी छिन् ।
निर्वाचन आयोगले स्थानीय तहको प्रमुख उपप्रमुख वा अध्यक्ष उपाध्यक्ष मध्ये कुनै एक पदमा मात्र उम्मेद्वारी दर्ता गराउँदा महिलालाई नै उम्मेद्वार बनाउनु पर्ने बाध्यकारी व्यवस्था नगरेकोमा असन्तुष्टि जनाउँदै उनले आयोगले संविधान कुल्चिएको आरोप लगाएकी हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी उनले आफ्नो फेसबुकमा लेखेकी छिन् । ‘नेपालको संविधानको धारा ३८(४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।’
आरजुले उल्लेख गरेको संविधानको धारा ३८(४) मा लेखिएको छ, ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।