शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

विप्लव पनि सूर्य चिह्नबाट चुनाव लड्छन् !


  • मंगलबार, चैत्र २९ २०७८
8.4K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिगामी तत्वको संज्ञा दिदै चुनाव सार्ने षडयन्त्रमा लागेको बताएका हुन् ।

‘प्रतिगामी तत्वहरु अहिले पनि चुनाव सार्ने कोशिस गरिरहेका छन् । चुनाव सारेर स्थानीय तह रिक्त गर्दिने । लोकतन्त्र रहन्छ रु लोकतन्त्र समाप्त पार्ने’, ओलीले ०५९ सालमा पनि शेरबहादुर देउवाले त्यसै गरेको बताए ।

उनले देउवालाई आग्रह गर्दै भने, ‘यसपटक शेरबहादुरजीको त्यो खराव रेकर्ड नदोहोरियोस् ।’ उनले प्रधानमन्त्री देउवासहित प्रचण्ड माधव चुनाव रोक्ने षडयन्त्रमा लागिसकेको दावी समेत गरे ।

‘अहिले विप्लवलाई अघि सार्नुभएको छ । १३ महिना अघि विप्लवजी शान्तिप्रक्रियामा आउनुभयो । अहिले आएर उहाँ पार्टी दर्ता गर्न समय चाहियो’, ओलीले विप्लवलाई लोकतन्त्रविरुद्धको षडयन्त्रको मतियार नहुन आग्रह समेत गरे । ‘विप्लवजी षडयन्त्रको शिकार हुने खतरा देख्दैछौ’, ओलीको भनाइ छ ।

उनले विप्लवले चुनाव लड्ने हो भने स्वतन्त्र रुपमा लड्नुपर्ने या सुर्य चिन्हबाट चुनाव लड्न सुझाव समेत दिए । ‘होइन भने तपाईँहरुका कार्यकर्ताले जित्ने ठाउमा उम्मेदवार उठाउनुस्, पार्टी तपाईंहरुकै रहन्छ, कार्यकर्ता तपाईंहरुकै रहन्छन्, तर सूर्य चिन्हबाट चुनाव लड्नुस् आरामसँग, जित्ने तरिका त्यो हो ’

उनले विप्लवलाई इमान्दार नेताका रुपमा आफुले चिनेको भन्दै प्रचण्डहरूको शिकार बनेर बहानाबाजी बनाएको त होइन भनेर प्रश्न समेत गरे । उनले विप्लवका कार्यकर्ताहरूलाई रिहा गर भन्दै त्यसको बहानामा चुनाव सार्न नपाइने र त्यो देशकाविरुद्धको षड्यन्त्र हुने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा