मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र बाकी छ : ओली


  • KTM Khabar
  • मंगलबार, चैत्र २९ २०७८
2.2K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको भाँडो रित्तिसकेको बताएका छन् । अब माओवादी पार्टी सक्किसकेको र आगामी चुनावमा जनताको स्तरबाटै निमिट्यान्न हुने ओलीको दाबी छ ।

मंगलबार ललितपुरको सानो गाउँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले माओवादी र माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको आलोचना गरे । माओवादी पार्टी जनस्तरबाटै निमिट्यान्न भइसकेको बताएका ओलीले आगामी चुनावमा नामै नरहने गरी जनताले धुलाई दिने समेत दाबी गरेका छन् ।

‘माओवादी कुनै पार्टी रहेन, केन्द्र रह्यो । केन्द्र छ, अरु केही छैन,’ उनले भने, ‘माओवादीको भाँडो रित्तिसक्यो, बिर्को मात्र छ । त्यही बिर्कोलाई उनीहरुले केन्द्र छन् । दुई चार जना नेता छन्, अधिकाशंले छोडिसके ।’

माधवकुमार नेपाल गुट र माओवादी काग्रेसको जिउमा बसेको झिँगा धपाउने राम्रो झुक्का भएका चौरीको पुच्छर जस्तो मात्र भएको उनले टिप्पणी गरे ।आगामी चुनाव बाट माओवादी र समाजवादीको अस्तित्व सकिने समेत ओलीको दाबी छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा