शनिबार, असार १८ २०७९
ताजा अपडेट

अर्थमन्त्री ज्यू झुटो दाबी नगर्नुस्, इन्डिकेटर पोजेटिभ छैन : सुरेन्द्र पाण्डे


  • KTM Khabar
  • मंगलबार, चैत्र २९ २०७८
2.1K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थतन्त्रका सूचक सकारात्मक नभएको बताएका छन्। राज्यको ढुकुटी रित्तिँदै गएको, विदेशी मुद्रा नभएको, उत्पादन नभएको, आयात बढ्दै जानुले अर्थतन्त्रका परिसूचक संकटग्रस्त अवस्थामा रहेको पाण्डेको भनाइ छ।

पाण्डेले ‘अर्थतन्त्रमा समस्या नरहेको’ अर्थमन्त्री जनार्दन शर्माको भनाइमा पनि असहमित जनाए। उनले अर्थतन्त्र संकटग्रस्त अवस्थामा रहेको भन्दै अर्थमन्त्री शर्माको भनाइलाई खण्डन गरे।

‘अर्थतन्त्रमा समस्या छ। अर्थमन्त्रीले भनेजस्तो समस्या नै नभएको होइन। संकटग्रस्त अवस्थामा छ। श्रीलंका नै भयो म भन्दिन। तर यो संकट लम्बिनु राम्रो कुरा होइन,’ उनले भने।

पाण्डले अर्थतन्त्रका परिसूचक ओरालो लागिरहेका बेला गभर्नरमाथिको कारबाही उपयुक्त नभएको पनि बताए। समग्र अर्थतन्त्रको कमाण्डरले जिम्मेवारी लिननपर्ने तर एउटा कुनाको गभर्नरलाई सबै दोषको भागिदार बनाएर कारबाही गर्नु गैरजिम्मेवारपनको पराकाष्ठा भएको उनको भनाइ छ।

उनले बरु अर्थमन्त्रीले अहिलेको परिस्थितिको जिम्मा लिएर नैतिकताका आधारमा राजीनामा दिनुपर्नेमा गभर्नरमाथिको कारबाही सरकारको गलत निर्णय भएको बताए।

संकटउन्मुख अर्थतन्त्रलाई ट्रयाक ल्याउन उत्पादन बढाउनुपर्ने, आयात घटाउने, ऊर्जामा विशेष नीति लागू गर्नुपर्ने, रेमिट्यान्सलाई बैंकिङ प्रणालीबाट भित्र्याउन सहुलियतसहितको नीति बनाउनुपर्ने उनको सुझाव छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा