नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ स्थानीय चुनाव माओवादीका लागि लडाई भएपनि अरुलाई चुनावका लागि चुनाव मात्रै भएको बताएका छन् । पार्टी प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले प्रचारको भीषण आक्रमण थालेर चुनावमा लाग्न आग्रह गरे।
यो चुनाव अरुको लागि चुनाव हो । हाम्रो लागि लडाइ हो’ प्रचण्डले भने,‘अहिलेका परिवर्तनका उपलब्धि रक्षाका लागि माओवादीले चुनाव जित्नै पर्ने छ। संघीय लोकतान्त्रिक माओवादीले ल्याएको हो। त्यसको रक्षा गर्नै पर्ने छ। अरुलाई यो गए के हुन्छ माओवादीले ल्याएको बेठीक थियो गयो भन्ने हुन्छ।’ संघीय लोकतान्त्रिक व्यवस्थाको माया माओवादी बाहेक अरुलाई नभएको प्रचण्डले बताए ।
‘अरुलाई यो व्यवस्थाको माया छैन। यसको माया हामीलाई छ । यहीँ व्यवस्थाबाट हामीलाई फाईदा होस भनेर सोचेका छौ’ प्रचण्डले भने,‘ यसमा गहिरो गरी आत्मसाथ गर्ने पर्यो। अहिले एक महिना मात्रै बाँकी छ। त्यसमा प्रतिवद्ध भएर प्रचारमा लाग्नु प¥यो।’ माओवादी अर्कै धातुको मान्छे भएकाले लागेपछि विरोधीको सातो जाने बताए। ‘हामी अर्कै धातुका मान्छे हौ ।
हामीले आक्रमण थालेपछि भीषण आक्रमण गर्नुपर्ने हुन्छ। त्यसबाट विरोधीको सातो जानु पर्छ’ प्रचण्डले भने। चुनावी प्रचार प्रसारमा सूचना प्रविधिको समेत अत्याधिक प्रयोगमा ध्यान दिनु पर्ने बताए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।