शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेसनल युनाइटेडले गर्यो विद्यार्थी, अभिभावक र शिक्षकका लागि विशेष कार्यक्रम (फोटो फिचर)


  • सोमबार, चैत्र २८ २०७८
15.8K
SHARES

काठमाडौं – बूढानीलकण्ठ-८, गणेशचोक स्थित नेसनल युनाइटेड स्कुलले यही मिति २०७८ चैत्र २६ गते शनिबार विद्यार्थी सम्मान साथै अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक रेवती प्रसाद दाहाल तथा पोजेटिभ भाइब्रेसनका संस्थापक एवम् अभिभावक अभिमुखीकरण कार्यक्रमका प्रमुख वक्ता प्रितम पौडेलले संयुक्त रुपमा गर्नुभएको थियो ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु साथै समाजसेवी एवम् समाजका प्रतिष्ठित व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

शनिबार बिहान ७ बजेबाट शुरु भएको कार्यक्रमको पहिलो चरणमा नेसनल युनाइटेड स्कुलबाट २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई ) मा सहभागी हुने तेह्रौं ब्याचका विद्यार्थीहरुलाई शुभकामना सहित सम्मान गरिएको थियो ।

दोस्रो चरणमा नेसनल युनाइटेड स्कुलमा अध्ययनरत विद्यार्थी, अभिभावक र शिक्षकहरु सहित सोहि भेगका अन्य अभिभावकहरुलाई कार्यक्रमका प्रमुख वक्ता प्रितम पौडेलले अभिभावकीय कला (Art of Parenting) शीर्षकमा उत्कृष्ट प्रस्तुतिका साथ असल विद्यार्थी उत्पादनमा अभिभावकको भूमिकामाथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रमलाई बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र खड्का, वडा नम्बर ६ का वडा अध्यक्ष नविन के.सी. लगाएतले सम्बोधन गर्दै स्थापना कालदेखिनै विद्यालयले गुणस्तरीय एवम् व्यावहारिक शिक्षा प्रदान गर्न सफल रहेको बताउँदै निरन्तरताको शुभकामना प्रदान गर्नु भएको थियो ।

त्यसै गरि विद्यालयका संस्थापक जे बी हमालले अन्तराष्ट्रियस्तरमा प्रमाणित र प्रयोग गरिएका सफल शिक्षण विधिहरुको प्रयोग गरी विद्यालयका भौतिक कक्षाहरुलाइ डिजिटल माध्यमसँग जोड्दै लैजाने कुरा बताउनुभयो ।

तस्विरः नेसनल युनाइटेड स्कुल


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा