शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेटो र रुसबीच भयानक युद्धको संकेत, युक्रेनी सिमामा सुरुभयो लुकामारी !


  • सोमबार, चैत्र २८ २०७८
13.5K
SHARES

फाइल तस्विर

काठमाडौं । विगत तीन हप्तामा पश्चिमी सैन्य गठबन्धन नेटोका लडाकू विमानहरूले नेटो भूभागतर्फ आएका रुसका युद्धविमानलाई रोकेका छन् ।क्राइमियाबाट उडेका रुसी विमानहरूलाई रोमानियामा रहेको एयरबेसबाट उडेर नेटो विमानहरूले रोकेका हुन् ।

रुसी विमानहरूलाई कुनै विवादविना नै नेटोको एयरस्पेस आउनबाट रोकिएको तर रुसी विमानले नेटोलाई गम्भीर चुनौती तेर्स्याएको एयरफोर्स म्यागजिनले लेखेको छ ।

नेटो आफ्नो सुरक्षाका लागि कत्तिको प्रतिबद्ध छ भनी रुसीहरूले जाँच्न खोजेको देखिन्छ । तर यसक्रममा सानो गल्ती हुँदा मात्र पनि नेटो र रुसबीच भिडन्तको स्थिति आइलाग्छ । त्यसले ठूलै युद्ध गराउन सक्छ ।

नेटोका सदस्यहरूले वायुरक्षालाई बलियो बनाउनका लागि थप स्रोत परिचालन गरिरहेका छन् । उदाहरणका लागि, बेलायतले रोमानियामा पहिलेदेखि रहेका चारवटा टाइफून जेटसँगै दुईवटा थप्ने निर्णय लिएको छ ।

टाइफून लडाकू विमान र वायुसेना कर्मचारीहरू कृष्ण सागर क्षेत्रमा नेटोको वायुसैन्य निगरानीका लागि रोमानिया पुगेका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेदेखि युरोपका धेरै मुलुकहरूले रक्षा खर्चमा वृद्धि गरेका छन् ।

नेटोको रक्षालाई बढाउनका लागि अमेरिकाले पनि सहायता उपलब्ध गराएको छ । शुक्रवार भर्मोन्ट एयर नेसनल गार्डका प्रवक्ताले सदस्यहरूलाई मे महिनाको आरम्भतिर युरोपमा तैनाथ गरिने बताए । -एजेन्सी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा