नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलिय थोत्रो गठबन्धनले देशको विकास गर्न नसकेको बताएका छन्। बझाङमा आयोजित जनसभामा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले एमालेसंग चुनाव लड्न नसक्ने बताए।
उनले भने, ‘अनेक ठाउँका मानिस एमालेमा प्रवेश गरेका छन्। एमालेबाहेक मधेसमा कोहि देखिदैंन। एमालेमा प्रवेश गर्नेको लहर छ। स्थानीय तहमा आफूलाई जोगाउनु छ भने खुसुक्क एमालेसंग स्थानीय तहमा मिल्नुस नत्र एमाले सँग हार्नुको विकल्प नभएको बताएका छन् । एमालेको लहर आएको बताएका ओलीले एमाले पार्टीले आगामी चुनावमा पपुलर मत ल्याएर जित्ने समेत बताए ।
उनले भने, ‘दलाल पुजिँपतीसंग मिलेर अर्थतन्त्र ध्वस्त पार्ने अनि गभर्नरलाई निलम्बन गर्ने? यो सरकारलाई रीस उठेको एमालेसंग हो। एमालेलाई केहि गर्न सक्दैन। रीस गभर्नरलाई पोख्छ।’
यस्तै उनले माधब कुमार नेपाल एउटा गुट भएको बताए। ओलीले भने, ‘माओबादी केन्द्रको हालत केन्द्र मात्रै हुन्छ। भाँडाभित्र केहि रहँदैन। भाँडा मात्रै हुन्छ। ’ उनले गठबन्धनले समाजबाद ल्याउने भनेर जनता ढाँटेको बताए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।