मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

ओलीको टिप्पणी : रिसाएको बिरालोको शैलीमा गभर्नरमाथि कारवाही भयो !


  • KTM Khabar
  • सोमबार, चैत्र २८ २०७८
1.8K
SHARES

फाईल तस्बिर

एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ‘रिसाएको बिरालो’ को शैलीमा नेपाल राष्ट्र बैंकका गभर्नरमाथि कारवाही गरेको आरोप लगाएका छन् । बझाङमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारकै कारण देशको अर्थतन्त्र ध्वस्त भएको तर त्यसको रिस गभर्नरमाथि पोख्ने काम भएको आरोप लगाएका हुन् ।

सरकारप्रति लक्षित गर्दै उनले भने, ‘आफू कमिशनखोरी गर्छ, दलाल पूँजीपतिसँग मिलेर देशको अर्थतन्त्र ध्वस्त पार्छ अनि राष्ट्र बैंकको गभर्नरलाई कारवाही गर्छ । बिरालो रिसायो भने मान्छेलाई केही गर्न सक्दैन, खाँबो चिथोर्छ । सरकारलाई एमालेसँग रिस उठेको होला, एमालेलाई केही गर्न सक्दैन अनि गभर्नरलाई कारवाही गर्छ ।’

उनले पाँच दलीय गठबन्धनप्रति पनि कटाक्ष गरे । उनले भने, ‘पाँच दलीय गठबन्धन ! के हो पाँच दलीय गठबन्धन ? पाँच वटा बाख्रा एक ठाउँमा भए पनि भैंसीजत्रो हुँदैन होला नि !

उनले गठबन्धनमा रहेका दलहरूलाई स्थानीय तहमा खुसुक्क एमालेसँग मिल्न सुझाव पनि दिए । देशभर एमालेको पक्षमा जनलहर देखिएको भन्दै उनले गठबन्धन गर्दैमा एमालेलाई पराजित गर्न नसक्ने बरु खुसुक्क एमालेसँग मिलेमा कुनै पालिकामा एमालेकै सहयोगमा जित हासिल गर्न सकिने अवस्था रहने प्रस्ट पारे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा