निर्वाचन आयोगले चुनाव खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग जवाफ मागेको छ ।कोइरालाले हालै मात्र २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए ।
बर्दघाट निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ सालको चुनाव लड्दा कोइरालाले पेश गरेको चुनावी खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको देखिएको आयोगले जनाएको छ । तर विभिन्न सञ्चारमाध्यममा उनले दिएको अभिव्यक्तिमा ६ करोड खर्च भएको बताएकाले यससम्बन्धमा ७ दिनभित्र जवाफ पठाउन भनिएको छ ।
यस्तै २६ चैतमा काठमाडौंको भृकुटीमण्डपमा भएको सभामा निर्वाचन आचार संहिता उल्लंघन भएको भनेर उजुरी आएको भन्दै आयोगले केकसो भएको हो तीन दिनभित्र आधार प्रमाणसहित चित्तबुझ्दो जवाफ दिन एकीकृत समाजवादी पार्टीलाई भनेको छ ।
‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले मिति २०७८।१२।२६ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघन भएको भन्ने गुनासो आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत जानकारी हुन आएकाले सो सम्बन्धमा के कसो भएको हो ३ दिनभित्र जवाफ माग गरिएको छ’, आयोगको निर्णयमा भनिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।