आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

जैन समुदायले भगवान् महावीर जन्म जयन्ती भव्यताका साथ मनाउँदै !


  • सोमबार, चैत्र २८ २०७८
9.5K
SHARES

जैन भगवान

जैन धर्मका प्रवर्तक तथा भगवान् महावीरको २६२१ औ जन्म जयन्ती काठमाडौँमा भव्यताको साथ मनाइने भएको छ ।

नेपाल जैन परिषद्को आयोजनामा यही वैशाख १ गते विविध कार्यक्रम आयोजना हुने भएको हो । अहिंसा र सुमार्गको पथ लाई पछ्याउँदै जैन धर्मलम्बिहरु यस जन्मजयन्तिलाई पर्वको रूपमा मनाउँदै आएको छ ।

२६२१ वर्ष अघि जन्मिनु भएका भगवान् महावीरले साढे १२ वर्ष सम्मको निरन्तर साधना गरी जनमानसमा ज्ञानको ज्योति फैलाउनु भएको थियो । चैत्र शुक्ल त्रयोदशीको दिन मनाउँदै आएको यस  जन्मजयन्ती लाई हर्षोल्लास को साथ मनाउन हरेक वर्ष देश तथा विदेशका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा यस  जन्मजयन्ती मनाउने गरिन्छ  ।

विश्वभर छरिएर रहेका जैन समुदायले यस दिनलाई ठुलो चाडको रूपमा र अहिंसा दिवसको रूपमा मनाउने गर्दछन् ।
यस पटकको भववान् महावीर स्वामीको २६२१ औ  जन्मजयन्ती मा राजधानीमा रहेको नेपाल जैन परिषद्को निमन्त्रणामा देश तथा विदेश बाट जैन धर्मका विद्वान तथा अनुयायीको उपस्थिति रहने कार्यक्रम संयोजक सुमित जैनले बताउनु भयो ।

नेपाल जैन परिषद्का अध्यक्ष महेन्द्र कुमार जैन भटेराको अध्यक्षतामा वैशाख १ गते शोभा यात्रा र अर्चना सभा आयोजना हुने भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा